१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

रमाए स्कुले विद्यार्थी

भक्तपुर – पानी अभाबमा किसानहरुले धान रोप्न नपाइरहेको बेला भक्तपुरका विद्यार्थीले आइतबार रोपाई गरेका छन्। सक्रिय मनसुनको अभाबमा खेतमा पानी नभई धान रोप्न नसकिरहेको बेला भक्तपुरको एउटा स्कुलका विद्यार्थी भने रोपाईमा रमाएका हुन्। भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इंगलिश स्कुलका विद्यार्थी नियमितको पढाई छाडेर आइतबार दिनभर रोपाईमा व्यस्त भएका हुन्।

राष्टिय धान दिवसको अवसरमा स्कुलको कक्षा कक्षा ४ का एक सय ८ जना छात्रछात्रा धान रोपाईमा सहभागी भएका हुन्। उनीहरुले स्कुल नजिकैको खेतमा बिहानदेखि दिनभर रोपाई गरेका हुन्। मेशिनबाट पानी तानेर उनीहरुले शिक्षकशिक्षिकाहरुको सहयोगमा धान रोपेका थिए। 

रोपाईमा सहभागी विद्यार्थी शाहीले सधै कक्षाकोठामा मात्रै बसेर पढ्दै  आएकोमा आइतबार अलि फरक रुपमा धान रोप्न पाएकोमा खुशी साटे। कक्षाकोठामा मात्रै बसेर होइन कि फिल्डमा पनि पुगेर सिक्ने मौका पाएकोमा असाध्यै खुशी लागेको छ, उनले भने।  
कक्षा ४ कै अर्का छात्रा प्रजिता कार्कीले प्रयोगात्मक अभ्यासले खेती गर्ने किसानको दुःख वुझ्ने मौका मिलेको सुनाइन्। यसबाट धेरै कुरा सिकियो, उनले भनिन्, हामीले खाने चामलको भातका लागि किसानले कति मिहिनेत गर्दा रहेछन् अनुभब गर्न पाइयो।’ विद्यार्थीले टन्टलापुर घाममा गर्मी नभनी रोपाईमा सहभागी भएका थिए। 

यसअघि ती विद्यार्थीले नै रोपाईका लागि आवश्यक धानको विउ राखेका थिए। उनीहरुले धानको विउ राख्नेदेखि धान भित्राउनेसम्मको सम्पूर्ण काम गर्ने जानकारी स्कुलले दिएको छ। विउ छर्ने, धान गोडने, काटने, झार्नेदेखि भित्राउने सवै उनीहरुले नै गर्ने स्कुलले जनाएको छ।

स्कुलकी शिक्षिका एवं धान रोपाई कार्यक्रमकी संयोजक कविता पौडेलले धान रोप्ने कार्यक्रमको दिन अघि नै उनीहरुलाई पहिला नै कक्षाकोठामा जानकारी गराइएको जानकारी दिइन्। धान रोप्ने प्रक्रिया, तरिका, त्यसमा प्रयोग हुने सामानलगायतका विषयमा कक्षामा यसअघिका दिनहरुमा नै जानकारी गराइएको उनले सुनाइन्।  धान रोप्न विद्यार्थी कोदालो, डाँंटेलगायतका सामाग्री लिएर खेतमा गएका थिए। 

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुले जीवनमै जीवनका विविध पक्षकाबारेमा व्यवहारिक ज्ञान दिन प्रत्येक वर्ष असार १५ का दिन रोपाई कार्यक्रम गर्दै आएको जानकारी गराए। खेती किसानबारे वुझ्ने उमेर सुरु हुने भएकाले प्रत्येक वर्ष कक्षा चारका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँंदै आएको उनले जनाए।

प्रकाशित: १६ असार २०७६ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App