१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारलाई ९ महिने खड्गोः रावल

काठमाडौं—एमाले उपाध्यक्ष भीम रावलले सरकारलाई नौ महिने खड्गो लागेकाले देश अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज थिमिस्थित शङ्खधर चोकमा आयोजना गरेको शङ्खधर प्रतिमामा माल्यार्पण एवम् सम्मान समारोहलाई सम्बोधन भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा सार्वजनिक बिदा दिनाले देशको राष्ट्रियता झुकेको बताए।

संविधान संशोधन गर्न एमाले तयार रहेको बताउँदै उनले भने, 'अहिलेको संविधानको कुन धारामा देशको कुन जाति, कुन लिङ्ग, कुन भाषा, कुन धर्म, कुन संस्कृति, कुन वर्गका मानिसको अधिकार कहाँ कटौती भयो, त्यो पुष्टि भए एमाले संविधान संशोधनमा सहमत हुन्छ।'

सो अवसरमा नेकपा (क्रान्तिकारी) माओवादीका नेता सिपी गजुरेलले भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने भनी गरिएको निर्णय गलत भएको बताए।

कार्यक्रममा राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा, राप्रपा नेपालका केन्द्रीय सदस्य एवम् पूर्व सहायकमन्त्री दिनेश श्रेष्ठ, सभासद् रामेश्वर ढुङ्गेल, प्रतिष्ठानका निवर्तमान अध्यक्ष मदनकृष्ण श्रेष्ठ, उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, सचिव ज्ञानराम श्रेष्ठले नेपाल संवत्लाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिष्ठानका अध्यक्ष श्याम मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले साहित्यकार प्रा माणिकलाल श्रेष्ठ र नेपाल भाषा मंकाः खलः ललितपुरलाई सम्मान गरेका थिए। सोही अवसरमा शङ्खधर स्मारिकाको पनि विमोचन गरिएको थियो । रासस

प्रकाशित: १५ कार्तिक २०७३ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App