१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वडाध्यक्षमाथि सांघातिक आक्रमण

नेपालगन्ज – डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष सगीर खानमाथि सांघातिक आक्रमण भएको छ। नदीजन्य पदार्थ बालुवाको अवैध उत्खनन रोक्न खोज्दा उनलाई स्थानीय भोला यादवलगायतको समूहले आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार राति १० बजे राप्ती नदी नजिकै थुपारिएको बालुवा यादवलगायतको समूहले निकाल्न खोजेको थियो। सो बालुवा निकाल्ने क्रममा वडाध्यक्ष खानले अवरोध सिर्जना गरेका थिए। सोही क्रममा उनीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

घाइते वडाध्यक्षको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। आक्रमणमा संलग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरिएको उनको भनाइ छ।

प्रकाशित: १३ असार २०७६ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App