१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सौर्यबत्ती वितरण अभियान

पाल्पा – निस्दी गाउँपालिकाका विभिन्न स्थानमा प्रदेश नम्बर ५ सरकारले सौर्यबत्ती वितरण अभियान नै थालेको छ।  निस्दी  ४ पाल्पामा जिल्लामै पहिलो पटक सौर्यऊर्जामार्फत लिफ्टिङ खानेपानी योजनाबाट आइतबार निस्दी अर्चलेमा ९३ घरपरिवारमा सौर्यबत्ती प्रदान गरेको प्रदेश नम्बर ५ सरकारले सोमबार पुनः  निस्दी २ सहलकोटमा पनि वितरण गरेको हो।

सहलकोटका करीब ५३ घरपरिवारलाई टुकीरहित बनाउनका निम्ति २० वाट क्षमताका सौर्यबत्ती प्रदान गरिएको स्थानीयवासी गगनसिं दर्लामीले जानकारी दिए। उनका अनुसार प्रदेश नम्बर ५ सरकारको ९० प्रतिशत अनुदानमा सौर्यबत्ती प्रदान गरिएको हो। प्रदेश नम्बर ५ सरकारले निस्दी गाउँपालिका पाल्पा जिल्लाको विकट भेक भएको र  तत्कालै विद्युत् सेवा विस्तारका निम्ति समस्या  भएकाले हाल  सौर्यबत्ती प्रदान गरिएको प्रदेशसभा सदस्य युवराज खनालले जानकारी दिए।

निस्दीका केही स्थानमा सामुदायिक विद्युतीकरणको काम पनि हुँदै गरेको जानकारी दिँदै उनले त्यस क्षेत्रका नागरिक न्यून आयस्तरका भएकाले सौर्यबत्तीको माग समेत बढेको बताए। निस्दी  २, ६, ७ लगायत क्षेत्रमा सौर्यबत्ती वितरण कार्यक्रम रहेको उनको भनाइ थियो। निस्दीकै केही भेकमा खम्बामार्फत बालिने सौर्यबत्तीसमेत प्रदान गर्ने योजना रहेको प्रदेशसभा सदस्य खनालले बताए।

प्रकाशित: १० असार २०७६ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App