१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

पर्याप्त छलफल नगरी विधेयक ल्याएकोमा नेकपाकै सांसदको असन्तुष्टि

काठमाडौं–सत्तारुढ दल नेकपाका सांसद एवम् पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले सरोकारवाला निकायसँग पर्याप्त छलफल नगरी विधेयकहरू ल्याउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

पर्याप्त छलफल र तयारीबिनै आएकाले सरकारले ल्याएका पछिल्ला विधेयक विवादमा तानिएको उनले स्पष्ट पारे। बुधबार संघीय संसद भवन परिसरमा संचारकर्मीसँग उनले सत्तारुढ दलकै सांसदहरूले समेत सरकारले हतार गरेर ल्याएको विधेयकको विरोधमा बोल्नु परेको स्मरण गराए।

सांसद तामाङले विधेयकलाई व्यवस्थित बनाउन संसदभित्रै ड्राफ्ट गर्ने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरे। 

प्रकाशित: ४ असार २०७६ ०९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App