नेदरल्याण्ड्सका हान अबिङ नेपालमा

बुधबार, ०४ असार २०७६, १३ : १४ नागरिक

काठमाडाैं– नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ आज नेपाल आइपुगेका छन्।

नेपालमा पहिलोपटक हुन लागेको आसन्न एसियन सेन्ट्रल जोन पुरुष सिनियर भलिबल च्याम्पियनसिपका लागि प्रशिक्षण दिन हान नेपाल आएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्द लगायतले स्वागत गरे। पाचौँ संस्करणको उक्त प्रतियोगिता आगामी साउन ३२ देखि भदौ ८ गतेसम्म सञ्चालन हुनेछ। हान पहिलोपटक नेपाली प्रशिक्षकका रूपमा नेपाल आएका हुन्। उनी तीन महीनाका लागि नेपाली टिमसँग रहनेछन्।

प्रशिक्षक हानले नेपाली भलिबलको बारेमा थोरै ज्ञान भएको बताए। उनले छोटो समय भएपनि नेपाली टोलीलाई लागि शतप्रतिशत योगदान दिएर आफनो कार्यकाल स्मरणयोग्य बनाउने विचार व्यक्त गरे। भलिबल प्रशिक्षणमा २५ वर्ष लामो अनुभव रहेको हानको प्रशिक्षणचले सेन्ट्रल जोनमा नेपालले राम्रो नतिजा ल्याउने नेपाल भलिबल सङ्घको विश्वास छ। हानले सन् १९९७ देखि २००४ सम्म डच भलिबल टोलीको प्रशिक्षकका रूपमा काम गरेका थिए।

सन् २००४ देखि २००८ सम्म जर्मन बुण्डेसलिगा महिला भलिबल टोलीको मुख्य प्रशिक्षक थिए। उनले सन् २००८ मा जर्मन कपको उपाधिसमेत दिलाएका थिए। त्यसैगरी २००९ देखि २०१३ सम्म जर्मन वुमन यु–२० राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनेका थिए। जसमा उनले विश्व यु–२० महिला च्याम्पियनसिपको उपाधि जिताएका थिए। सन् २०१४ देखि २०१५ सम्म नेदरल्याण्ड्सको राष्ट्रिय टिम यु–२१ को पनि मुख्य प्रशिक्षक भएर काम गरेका थिए। हानले भोलि विहिबारदेखि नेपाली टोलीको प्रशिक्षण गराउनेछन्।








यसमा तपाईको मत

अन्य समाचार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

Ncell Footer Ad