१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

स्कटल्याण्ड दरबारमा काव्य गोष्ठी

काठमाडौं – पोएट्री ग्रुप एबर्डीन, नेप्लिज हिमालयन एसोसिएसन र बालमोरल दरबार प्रशासनको संयुक्त आयोजनामा गत शनिबार स्कटल्याण्डमा फरक ढंगको साहित्यिक कार्यक्रम सम्पन्न भयो।

बेलायती महारानी एलिजावेथको स्कटल्यान्डमा रहेको बालमोरल दरबार परिसरमा उपस्थित साहित्यकारहरूले कविता वाचनसँगै वृत्तचित्र पनि प्रदर्शन गरेका थिए। स्कटल्याण्डमा रहेका कवि नवीन क्षेत्री र मुकुल दाहालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वालमोरल क्यासलका कर्मचारी ग्लिन जोनस र जोजियाले सबै सहभागीहरूलाई एक घन्टासम्म प्रकृतिको मनोरम दृश्यावलोकन गराएका थिए।

दृश्यावलोकनपछि रानीको दरबार अवलोकन र दरबारमा हुने गतिविधिहरूको जानकारी मुलक वृत्तचित्र पनि देखाइएका थियो। महारानी एलिजाबेथ प्रत्येक वर्ष तीन महिना बिताउने दरबारको परिसरमा काव्य गोष्ठीलगायत सांगीतिक कार्यक्रम सम्पन्न भएको थियो। खुला आकाशमुनी भएको बहुभाषिक काव्य गोष्ठीमा दरबारका कर्मचारी ग्लिन जोनसले स्कटल्यान्डको स्थानीय गेलिक भाषामा, पन्डित मधुसुदन भट्टराईले संस्कृतमा, नवीन क्षेत्रीले अंग्रेजीमा, मुकुल दाहाल र राज क्षेत्रीले नेपालीमा कविता वाचन गरेका थिए। दरबारको सुन्दर परिसरमा फुलेका फूलहरूको उपस्थितिले शब्दहरूमा ओज थपेको थियो।

स्थानीय कलाकारहरू टंक थापा, नारायणचन्द्र श्रेष्ठ, रेनुका ढकाल, लब सिम्खडा, उद्धव भट्टराई, मिन भट्ट, पुष्कर गौतम, बलराम ढकाल, प्रतिज्ञा राना, चन्द्रा श्रेष्ठ र अनिता भन्डारीले सांगीतिक रौनक थपेका थिए। एबर्डीन बाहिर५० माइलको दुरीमा रहेको दरबारमा सम्पन्न कार्यक्रममा सहभागी हुन उल्लेख्य संख्यामा कवि कलाकारहरू यात्रा गरी पुगेका थिए।  
 

प्रकाशित: २ असार २०७६ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App