१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गुगलमा नेपालका सकारात्मक कथा

काठमाडौं – मल्पी इन्टरनेसनल स्कुलले नेपालका सकारात्मक कथा उठान गर्न सेमिनार गर्ने भएको छ। सेमिनारमा भारत र नेपालका विज्ञहरुको सहभागिता हुनेछ। नेपाल भन्ने बित्तिकै कतिपयले इन्टरनेटमार्फत गरिबी, छाउपडी र भूकम्प मात्र बmुभ्ने भएकाले अब नेपालका सकारात्मक कथा पनि सम्प्रेषण गर्न सो प्रयास थालिएको हो।

यसका लागि १८ दिने क्रिटिकल डिजिटल सेमिनारको आयोजना गरिन लागेको आयोजक विभूषण पौडेलले बताइन्। ‘मैले गुगल मुख्यालयमै पुगेर किन नेपालका बारे गरिबी र छाउपडीका कथा मात्र गुगलमा राखिएको हो भन्ने प्रश्न राखें,’ उनले बताइन्, ‘मैले त्यसरी प्रश्न गरेपछि त्यहाँ त ठूलै तरंग आयो।’

अमेरिकी विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेकी विभूषणाले भनिन्, ‘त्यही भएर नेपालका सकारात्मक कथाहरु भएको र ती कथा गुगलमा राख्न अनुरोध गरें। मेरो विद्यावारिधिको विषय पनि यही हो।’ सेमिनारमा सहभागी अर्की अमेरिकी विश्वविद्यालयकै विद्यावारिधि गरिरहेकी प्रितिशा श्रेष्ठ पनि सलंग्न छिन्।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App