१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

एक्लो नीताको ‘रेस’

काठमाडौं – बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ले गत बुधबारबाट फिल्म हलमा कब्जा जमाइरहँदा शुक्रबारबाट नेपाली फिल्म ‘रेस’ रिलिज हुँदैछ । माता पाथिभरा फिल्मस् र लिवाङ फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान शंकर ‘इकु’, किरण केसी, जियान र एजेश सैंजुको अभिनय छ ।

किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा मौनता श्रेष्ठको पटकथा र संवाद, आनन्द राई र सञ्जित लामाको संगीत, गोविन्द राईको नृत्य र शंकर महर्जनको द्वन्द्व छ ।

फिल्मका मुख्य निर्माता हस्त लिवाङ हुन् भने निर्माताहरूमा विशाल थेवे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिब लिङ्देन र राज सेम्बू, कार्यकारी निर्माता किशोर पालुङ्वा तथा सह–निर्मातामा पासाङ ह्याल्मो, रवीकुमार गुरुङ र पदम चोङ्वाङ छन् । निर्देशक सुब्बाले यसअघि फिल्म ‘खुर्पा’, ‘खुकुरी’, ‘मिसन नेपाल’ निर्देशन गरिसकेका छन् ।
 

प्रकाशित: २४ जेष्ठ २०७६ ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App