१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

बजेटबारे महतोले भने : यसले संघीयतालाई असफल बनाउँछ

काठमाडौं- राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप लगाएका छन्।

नेता महतोले सरकारले ल्याएको बजेट विभेदकारी रहेको दावी गरे। ५० प्रतिशतभन्दा बढि जनसंख्या भएको मधेशलाई २० प्रतिशतभन्दा कम बजेट विनियोजन गरेर सरकारले विभेदकारी नीति लिएको उनको तर्क छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले ६ करोड बजेट विनियोजन गरेर सरकारले सांसदहरुलाई बदनाम गराएको आरोप पनि लगाए। उनले जनता कहाँ निर्वाचनका बेला गरिएको सहमति अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन योजना माग्नुको सट्टा सरकारले सांसदहरुलाई ६ करोड बजेट विनियोजन गरेर गल्ती गरेको पनि बताए।

नेता महतोले विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक नीति र राष्ट्रिय गौरवका आयोजनाबाहेकका सबै अधिकार प्रदेश र स्थानीय सरकारलाई दिन आफ्नो पार्टीले सरकारसँग पटक–पटक माग गरेपनि सो अनुसार काम हुन नसकेको पनि बताए।

 

 

प्रकाशित: २१ जेष्ठ २०७६ ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App