१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

तेक्वान्दोमा भविष्य खोज्दै दीपेन्द्र

काभ्रे, पनौती –३ का दीपेन्द्र ढकाल सानै उमेरदेखि राष्ट्रिय स्तरको खेलाडी बनेर आफ्नो भविष्य बनाउन चाहन्थे। मार्सल आर्ट विधाको तेक्वान्दो खेलमा कम उमेरमै अन्तर्राािष्ट्रय निर्णायक बन्न सफल उनी व्यक्तिगतसँगै समग्र खेल क्षेत्रको विकासमा समेत चिन्तित देखिन्छन्। उनी आफ्नो ठाउँबाट खेल क्षेत्रको विकासका लागि निरन्तर लागिरहेका छन्। तर, राज्यको लगानीबिना खेल क्षेत्र अघि बढ्न नसक्ने बुझेका उनी खेल क्षेत्र सरकारको प्राथमिकतामा नपरेको बताउँछन्।

खेलाडीप्रति राज्यको ध्यान नपुग्दा उनीहरूको आर्थिक अवस्थामा सुधार हुन नसकेको उनी बताउँछन्। ‘अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई समेत जीवनस्तर उकास्न धौ–धौ पर्ने अवस्था छ,’ उनले भने। राज्यका लागि खेल्ने खेलाडी खेल क्षेत्रमै मात्र लागेर बाँच्न सक्ने अवस्था नरहेको उनी बताउँछन्। ‘राम्रो प्रदर्शन गर्ने खेलाडी पनि आर्थिक अवस्थाकै कारण पलायन हुन बाध्य छन्,’ उनले भने।   

‘खेलाडी मुलुकका आधारस्तम्भ हुन्। तर, उनीहरूप्रति राज्यले ध्यान दिन सकिरहेको छैन,’ ढकालले भने। लामो समयसम्म खेल क्षेत्रमा बिताएको व्यक्ति समेत भविष्य सुनिश्चित नहुँदा विदेशिनुपर्ने बाध्यता रहेको ढकालको गुनासो छ। ‘खेल क्षेत्रमा मात्र लागेर गास बासको कुनै सुनिश्चितता नभएकाले राज्यले यसतर्फ ध्यान दिनुपर्ने उनको तर्क छ।‘राज्यले खेलाडीका लागि जीवनयापनको वातावरण सिर्जना गरिदिनुपर्छ,’ उनी भन्छन्। राज्यबाट सहयोग भएमा मुलुकको नाम ‘रोशन’ गर्न खेलाडी सधैं तत्पर हुने गरेको उनी बताउँछन्।

‘हामी यही क्षेत्रमा हाम्रो भविष्य खोज्न चाहन्छौँ, यसका लागि सबै क्षेत्रको सहयोगको आवश्यकता छ,’ ढकाल भन्छन्। आर्थिक अवस्थाकै कारण पछिल्लो समय नयाँ पुस्ता यो क्षेत्रमा आकर्षित हुन छोडेका ढकाल बताउँछन्। सरकारले खेल क्षेत्रमा धेरै सुधार गर्न आवश्यक रहेको भन्दै उनी नेपालमा खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विश्वविद्यालयको व्यवस्था गर्नुपर्ने बताउँछन्। खेलमा हुने प्रतिष्पर्धामा सफलता प्राप्त हुने विषयले गर्व महसुस भए पनि भविष्य सोच्दा भने चिन्तित हुनुपर्ने अवस्था रहेको उनी बताउँछन्। खेलाडी भएर पनि सहज जीवन बाँच्न सकिन्छ भन्ने अवस्था हुने हो भने नेपालको खेलकुद क्षेत्रले धेरै ठूलो फड्को मार्न सक्थ्यो,’ ढकालले भने।  

प्रकाशित: ११ जेष्ठ २०७६ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App