१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कतार विश्वकपमा ३२ राष्ट्र मात्रै

लौसाने – कतारमा आयोजना हुने २०२२ को विश्वकपमा ४८ देशलाई सहभागी गराउन नसक्ने बुधबार फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ। जियानी इफान्टिनो अध्यक्षतामा बुधबार बसेको बैठकले आउँदो संस्करणमा ३२ देशलाई मात्र सहभागी गराउने सार्वजनिक गरेको हो। २२औं संस्करणको विश्वकप फुटबलमा यसअघि ४८ देशलाई सहभागी गराउने भन्दै प्रयास गरेको थियो। तर तयारीको कारण देखाउँदै फिफाले ४८ देशलाई सहभागी गराउन नसक्ने जनाएको हो।

फिफाले वर्तनमान परिस्थितिलाई नियाल्दै टोलीको संख्या बढाउने प्रयासलाई अहिलेलाई यथावत् राखेको जनाएको छ।
‘आगामी जुन ५ मा हुने एन्फा कंग्रेसको बैठकमा थप टोलीको बारेमा केही प्रस्ताव हुने छैन। सुरुआती योजनाजस्तै ३२ टोलीले मात्र विश्वकपमा सहभागिता जनाउनेछन्,’ फिफाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ। सहभागी देशको संख्या बढाउने योजना अध्यक्ष इफान्टिनोको थियो। तर कतारमा लागेको नाकाबन्दीका कारण योजनाअनुसार संख्या बढाउन नसकेको फिफाले लेखेको छ।

‘प्रतियोगिताको आयोजक कतारले नाकाबन्दीको कठिनाइ भोग्न बाध्य भएको छ। तर आयोजना कतारको  नाकाबन्दी खुल्नेछ।’ सम्भाव्यता अध्ययन फिफा कंग्रेसले बुझाएको विज्ञप्तिमा उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले अध्ययन गरेपछि सार्वजनिक गरेको प्रतिवेदनमा ४८ देशको सहभागितामा कतारलाई ३ सयदेखि ४ सय मिलियन अमेरिकन डलर अतिरिक्त आमदानी हुने जनाएको छ।

तर फिफाले टेलिभिजन अधिकारका लागि १२ करोड अमेरिकी डलर, १५ करोड डलर बजार व्यवस्थापन तथा ९ करोड अमेरिकी डलर टिकटबाट आम्दानी हुने बताएको थियो। यद्यपि अन्तिम निर्णय भने अर्को महिना फ्रान्सको पेरिसमा हुने फिफा कंग्रेसको बैठकपछि हुनेछ।

यसअघि फिफाले २०२६ मा आयोजना हुने विश्वकपमा ४८ देशलाई सहभागी गराउने सार्वजनिक गरेको थियो। २०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन्।

प्रकाशित: १० जेष्ठ २०७६ ००:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App