१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

दिलिपका दुई कृति

काठमाडौं – कवि, मुक्तककार तथा गीतकार दिलिप योन्जन तामाङद्वारा लिखित मुक्तक संग्रह ‘अविरल’ र गीति एल्बम ‘अनुराग’ सार्वजनिक भएको छ। राजधानीमा गत शनिबार एक कार्यक्रमकाबीच संगीतकार शक्ति बल्लभ, गीतकार किरण खरेल, गीतकार राजेन्द्र थापा, गजलकार विपिन किरण, संगीतकार राजेश थापालगायतले मुक्तक संग्रह र गीति एल्बमको संयुक्त रूपमा विमोचन गरे।

संगीतकार बल्लभले गीति संग्रह भित्र भएका सिर्जनाले वर्तमान र भविष्यप्रतिको अवस्थालाई प्रस्तुत गरिएको बताउँदै कृतिले सबै पाठकको मन छुन सफल होस् भन्दै शुभकामना दिए।

गीतकार किरण खरेलले परदेशमा रहेर पनि नेपाली सिर्जना र नेपाली साहित्यलाई विश्व सामु पु¥याउने अभियानमा मुक्तकारले नेपाली साहित्यको बाटो अझ फराकिलो बनाएको बताए। ‘अनुराग’ गीति संग्रहमा गायक सन्तोष लामा, राजेशपायल राई र श्रेयसी चेम्जोङको स्वर छ।
 

प्रकाशित: ९ जेष्ठ २०७६ ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App