१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हृदयघातका कारण मतगणना स्थलमै गयो कांग्रेस नेताको ज्यान

काठमाडौं - भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहदा मतगणनास्थलमा एक कांग्रेस नेताको हृदयघातका कारण ज्यान गएको छ। मतगणनाको अपडेट आउन थालेपछि सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भयो।

भारतीय सञ्चार माध्यम पञ्जाव केशरीकाअनुसार  मतगणनाको अपडेट आउन थालेपछि उनको स्वास्थ्यमा खराब आयो र त्यससँगै उनलाई हृदयघात भयो। उनलाई हतारहतार अस्पताल लगिएपनि ज्यान भने बच्न सकेन। बिहान आठ बजेदेखि जारी मतगणनामा सत्तारुढ भाजपा गठबन्धनले भारी अग्रता लिएको छ। मतपरिणाम आजै बेलुका आइपुग्नेछ।

 

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App