१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

देउवा तीन दिने भारत भ्रमणमा जाने

सभापति देउवा

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कात्तिक १९ देखि तीन दिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट इन्डिया फाउन्डेसनले गोवामा आयोजना गर्न लागेको एक सेमिनारमा भाग लिन उनी भारत जान लागेका हुन्।

‘सभापतिज्यूको यो पहिलै तय भइसकेको कार्यक्रम हो। यसलाई अन्य विषयसँग जोडेर हेरिरहन आवश्यक छैन।’

सभापति देउवा भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण सकेर फर्किने दिनमै गोवातर्फ लाग्नेछन्। ‘सभापतिज्यूको यो पहिलै तय भइसकेको कार्यक्रम हो। यसलाई अन्य विषयसँग जोडेर हेरिरहन आवश्यक छैन’, देउवा निकट स्रोतले भन्यो।

गोवाबाट फर्किने क्रममा सभापति देउवाले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्नेछन्। कात्तिक २० र २१ गते उनले दिल्लीमा राजनीतिक भेटघाट गर्नेछन्।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहँदा पनि इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी भएका थिए। विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसन सहित यो संस्था भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष निकट मानिन्छ।

प्रकाशित: ९ कार्तिक २०७३ ०५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App