बुधबारसम्म हावाहुरीसहित वर्षा हुने सम्भावना

सोमबार, ३० बैशाख २०७६, १३ : २४ नागरिक

काठमाडौं– पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ।

साथै मध्य क्षेत्रका केही स्थानमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीको प्रभावले पश्चिमबाट बादल आएर मौसममा बदली हुनुका साथै छिटफुट वर्षा भएको हो।

यो मौसमी प्रणाली मध्य र पूर्वतिर सर्ने क्रममा रहेको र अहिले मध्य क्षेत्रमा असर देखिएको महाशाखाका मौसमविद सुवास रिमालले जानकारी दिए। यो मौसमी प्रणालीको प्रभाव विस्तारै पूर्वतिर सर्ने क्रममा रहेको छ।

पश्चिमतिरको आकाश सफा भए पनि पुनः अर्को मौसमी प्रणाली आउने देखिएकाले अझै केही दिन मौसममा आंशिकदेखि सामान्य बदली भइरहने महाशाखाले प्रक्षेपण गरेको छ। यो मौसमी प्रणाली पश्चिमको तुलनामा पूर्वमा बढी प्रभाव देखिने उनले बताए।

महाशाखाले तीन दिनको मौसमी अवस्थाका बारेमा जानकारी दिँदै भोलि पनि मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै जेठ १ गते पनि देशभरीको मौसममा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad