महामारीका लागि पठाएकाे औषधिको म्याद बाटोमै गुज्रियो

बुधबार, २५ बैशाख २०७६, १९ : ३६ नागरिक

जाजरकोट- जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले महामारी हुन सक्ने ठाउँमा पठाएको औषधि, बाटोमै म्याद गएको खुलासा भएको छ। जिल्लामा महामारी हुनसक्ने सम्भावित ठाउँमा तयारी हालतमा राखी पठाउने भन्दै राखिएको औषधि बाटोमै म्याद गुज्रेपछि समस्य भएको हो।

गर्मीयाम शुरु भएसँगै जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा झाडापखाला, टाइफाइट, ज्वरोजस्ता समस्या देखिन थालेपछि औषधि अभाव हुन नदिन जिल्लाका मुख्यमुख्य ठाउँमा तयारी हालतमा राखिएको औषधि म्याद गुज्रेको पाइएको हो।

जिल्लाका सात वटा स्थानीय तहमा स्वास्थ्य कार्यालय, जाजरकोटले पठाएको औषधि म्याद नाघेका हो। अधिकांश औषधिको म्याद हप्ता दिन मात्र बाँकी रहेको छ भने केही औषधिको म्याद  सकिएको पाइएको छ। स्टासेफ नामक औषधि बढी म्याद गुज्रेको पाइएको नगरस्वास्थ्य शाखा नलगाड नगरपालिकाका प्रचण्ड कार्कीले जानकारी दिए।

नलगाड नगरपालिकाको दल्ली, लहँ र चौखामा पठाएको औषधिमा म्याद गुर्जेको खबर आएको कार्कीले बताए। उनले भने 'बाटोमै म्याद गुज्र्रेको पठाएको औषधि जम्मा गरेर राख्न र प्रयोग नगर्न भनिएको छ, स्वास्थ्य कार्यालयबाट आएको औषधिमा त्यस्तो समस्य छ।'

जाजरकोटका दुर्गम गाउँमा पठाएको औषधि त्यस्तो भएमा तत्काल वितरण रोक्नका लागि पहल गर्ने स्वास्थ्य प्रमुख गौरव ढकालले बताए। उनले भने 'सबै ठाउँमा सो औषधि पठाएको छ, म्याद गुज्र्रेको भए तत्काल रोक्ने पहिलो काम हुनेछ।'

गर्मी मौसम शुरु भएसँगै जिल्लाका अधिकांश ठाउँमा बिरामीको चाप बढेको छ। औषधि कम हुन नदिनका लागि पठाएका औषधि बाटोमै म्याद गुज्रेपछि कसरी उपचार गर्ने भनेर समस्यमा परेको स्वास्थ्य चौकी चौखाले बताएको छ। औषधि वितरण गर्दा ध्यान नदिएको भन्दै नागरिक अगुवाले आक्रोश व्यक्त गरेका छन्।

मानव स्वास्थ्यमाथिको वेवास्ता गरिएको भन्दै नागरिक अगुवा राजेन्द्रविक्रम शाहले भने 'वर्षाैदेखि स्वास्थ्य कार्यालयले म्याद गुज्र्रेका औषधि वितरण गर्दै आएको थियो। अहिले पनि स्थानीय सरकारलाई साछी राखेर औषधि वितरण भएको छ, यो चरण अमानवीय खेल हो।' रासस 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

Ncell Footer Ad