१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको जवाफः ओलीजी ज्ञानेन्द्र पथलाई दौडेर उछिन्न नखोज्नुस्, लडिएला

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले प्रि–बजेट छलफल नगराई नीति तथा कार्यक्रम ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ। सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले  प्रि–बजेट विगतमा अभ्यास भएको र अहिले पनि गर्नुपर्ने भन्दै यसो नगरिए संसदको नै अवमूल्यन हुने निष्कर्ष निकालेको छ। 

बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘प्रि–बजेट छलफलमा सांसदहरुले आफ्नो धारणा राख्छन्। त्यही अनुसार नीति तथा कार्यक्रम आउँछ। यो नीति तथा कार्यक्रम नै बजेटका रुपमा प्रस्तुत गरिन्छ। तर अहिले के देखियो भने प्रि बजेट छलफल नगराएर संसदलाई नै बाइपास गर्न खोजियो।’

खाँडले प्रि–बजेट छलफल नगरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए। कांग्रेसले सशक्त रुपमा विरोधका कार्यक्रम उनको भनाई छ। उनले भने, ‘प्रजातन्त्रमा शालिनताको महत्व हुन्छ। त्यो शालिनताको अभ्यास गर्दा कमजोर प्रतिपक्ष भनियो। हामी संसदीय अभ्यास गरिरह्यौं। सरकार एकदलीय निरंकुश शैलीमा अघि बढ्यो। त्यसैले अब सशक्त आन्दोलनको विकल्प छैन्।’ 

‘ओली सरकार ज्ञानेन्द्र पथमा अघि बढ्यो’ 

यस्तै बैठकले दुई तिहाइको बलियो केपी शर्मा ओलीको सरकार ज्ञानेन्द्र पथमा अघि बढेको ठहर गरेको छ। कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस राजतन्त्र फर्काउन लागिपरेको आरोप लगाएका बेला कांग्रेसले  सरकार ज्ञानेन्द्र पथमा हिडेको भन्दै जवाफ फर्काएको छ। 

प्रमुख सचेतक खाँडले भने, ‘ओलीजी ज्ञानेन्द्र पथलाई दौडेर उछिन्न खोजिराख्नुभएको छ। हेक्का रहोस यसरी दौडिदा लड्न पनि सकिन्छ।’ कांग्रेसले ओली नेतृत्वको सरकार काण्डै काण्डमा चलेको आरोपसमेत लगाएको छ। 

दिनानुदिन निरंकुश शैलीमा सरकारले यात्रा गरिरहेको प्रमुख सचेतक खाँडले बताए। उनले भने, ‘प्रेसमाथि हस्तक्षेप गर्यो। खुलामञ्चमा माफियामार्फत कब्जा जमाउन खोज्यो। फोरजी सेवामा अरबौं हिनामिना गर्न खोज्यो। एनसेलको कर उठाउन सकेन। त्यसकारण यो सरकार काण्डैकाण्डमा फस्यो।’ 

प्रकाशित: १५ वैशाख २०७६ १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App