१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिरहाबाट सिनियर डिभिजनल इन्जिनयर गोइत पक्राउ

लहान– पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम सिरहा स्थित सरकारी निवासबाटै उनलाई प्रहरीले पक्राउ गरी सप्तरी जिल्ला प्रहरी कार्यालय पठाएको छ।  

सप्तरी प्रहरीबाट गोइतलाई पक्राउ गरी पठाइदिन पत्र आएको सिरहा प्रहरी प्रमुख(एसपी) जीवन श्रेष्ठले बताए। पत्रकै आधारमा शनिबार साँझ उनलाई पक्राउ गरी सप्तरी प्रहरीको जिम्मा लगाइएको श्रेष्ठले बताए। 

किर्ते उपभोक्ता समिति प्रकरण छानविन गरिरहेको सप्तरी प्रहरीले यस अघि पूर्व सासंद तथा राजपा नेपालका केन्द्रीय सदस्य बीपी यादब र राजपाका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डललाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ। सरकारी कागजात किर्ते गरि उपभोक्ता समिति गठन गरेको प्रकरणमा शनिबार तेस्रो व्यतिm डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बताए। 

प्रदेश २ को भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तर्गत सप्तरी जिल्लामा संचालित योजनामध्ये अग्नीसाइर कृष्णासवरण गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा किर्ते उपभोक्ता समिति गठन भएको थियो। गाउँपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरि सडक निर्माणको उपभोक्ता समिति बनाएको आरोपमा प्रहरी अनुसन्धानबाट गोइतको पनि संलग्नता देखिएकोले पक्राउ गरिएको एसपी बिष्टले बताए।

प्रकाशित: १४ वैशाख २०७६ १४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App