आठौँ राष्ट्रिय खेलकूदको समापन उपराष्ट्रपतिले गर्ने

मङ्गलबार, १० बैशाख २०७६, १० : २० नागरिक

नेपालगञ्ज–आठाैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन्।

प्रतियोगितको भोलि बुधबार भव्य समारोहका बीच नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा उपराष्ट्रपति पुनले समापन गर्ने प्रदेश नं ५ का प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिए। उनका अनुसार समापन समारोहमा फुटबल प्रतियोगितको फाइनल खेल मात्र हुनेछ।

फुटबल प्रतियोगिताको फाइनल खेलको शुभारम्भ पनि उपराष्ट्रपति पुनले गर्नेछन्। फाइनल खेल भोलि दिउँसो साढे ३ बजे हुनेछ।  सेमिफाइनलमा प्रदेश नं ५, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब पुगेका छन्। गत चैत २७ गतेबाट खेल शुरु गरिए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहका बीच गरेकी थिइन्।

‘आठाैँ राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ भइरहेको प्रतियोगितामा करीब पाँच हजार खेलाडी सहभागी भएका छन्। बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडाैँ, ललितपुर र पोखरामा ३५ खेल सम्पन्न भएका छन्। रासस

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad