सिटिजन्स बैंक १३ वर्षमा

सोमबार, ०९ बैशाख २०७६, ०७ : ३७ नागरिक

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पूरा गरी तेह्रौं वर्षमा प्रवेश गरेको सुखद अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ। यस बैंकले आर्थिक वर्ष ०७५/७६ को तेस्रो त्रैमाससम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरको जनाएको छ।

सोही अवधिभित्र एक अर्ब ४९ करोड १४ लाख सञ्चालन मुनाफा र एक अर्ब ६ करोड खुद नाफा आर्जन गरेकोे बैंकको विज्ञप्तिमा उल्लेख छ। बैंकको सञ्चालन र खुद मुनाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमशः ४.०२ र ५.९१ प्रतिशतले बढी हो।
बैंकले वार्षिकोत्सवको अवसरमा बैंकिङ चेतना जगाउने उद्देश्यले प्रभातफेरी पनि गरेको जनाएको छ। प्रभातफेरीमा करिब तीन सय ५० सिटिजन्सकर्मीको सहभागिता रहेको बताइएको छ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा निरन्तर १० वर्ष सेवा गर्ने कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरेका थिए। सो अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको बैंकले जनाएको छ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

Ncell Footer Ad