१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङले विद्युत अवरुद्ध

खोटाङ– चट्याङले लघु जलविद्युत योजनामा क्षति पुग्दा खोटाङको खिदिमामा विद्युत अवरुद्ध भएको छ। शनिबार दिउँसो पानीसँगै परेको चट्याङले साकेला गाउँपालिका–३ खिदिमास्थित बोपुङमा सञ्चालित तावाखोला तेश्रो लघु जलविद्युतको पावर हाउसमा क्षति पुग्दा विद्युत अवरुद्ध भएको हो।

लघु जलविद्युत योजनाको उपकरण बिग्रिएपछि खिदिमा, मात्तिमको माथिल्लो भाग र छितापोखरी बास्थलाका २५२ घरधुरी अध्याँरोमा बस्न बाध्य भएका छन्। चट्याङका कारण लघु जलविद्युत योजनाको करिब १ लाख ५० हजार बराबरको उपकरणमा क्षति पुगेको छ। लघु जलविद्युतको एलसी बोर्ड २ थान, एमसीभी २ थान, लाईटिङ टेष्टर १५ थान, मल्टीप्लग २ थान, टिभी १ थान र डिसहोम सेट १ थान नष्ट भएकोे तावाखोला तेश्रो लघु जलविद्युतका अध्यक्ष लोकप्रसाद राईले जानकारी दिए।

प्रकाशित: २ वैशाख २०७६ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App