१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भक्तपुर नापीमा विश्राम कक्ष

भक्तपुर– भक्तपुर नापी कार्यालयमा जेष्ठ नागरिक र  शारीरिक रूपमा अशक्त सेवाग्राहीका लागि विश्राम कक्ष तथा बालबालिकाका लागि स्तनपान कक्षको स्थापना गरिएको छ। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल शुक्रबार विश्राम कक्ष तथा बालबालिका स्तनपान कक्षको शुभारम्भ गरिन्।  शुभारम्भ गर्दै उनले मन्त्रालय मातहतका कार्यालयलाई डिजिटल प्रणालीमा लगी  सुशासन कायम गरिने प्रतिबद्धता जानाइन्। नापी तथा मालपोत कार्यालयमाथि सुशासनको विषयमा  प्रश्न उठेको बताउँदै केही यस्तो प्रश्न आउन नदिन नापी तथा मालपोत कार्यालयका कर्मचारी सजग हुनु पर्ने बताइन्।

जेष्ठ नागरिक तथा असक्त नापी कार्यालमा सेवा लिन गए भने उनीहरू विश्राम कक्षबाट अन्य कोठामा नगई सबै काम त्यहाँबाट हुने गरी सेवा दिने व्यवस्था मिलाइएको छ। नापीका कर्मचारी आफैँ विश्राम कक्षमा आई उनीहरूलाई सेवा दिने छन्। नापी कार्यालय भक्तपुरले गरेको यस्तो सेवाका प्रशंसा गर्दै उनले भनिन्, ‘हामी सफा छौँ। भ्रष्टाचारको विषयमा हामीमाथि कुनै प्रश्न उठाउने ठाउँ छैन। तर तलबाट केही बदमासी कारण हामीलाई गिज्याउने काम भइरहेको छ।’

मालपोत र नापीमा भइरहेका बदमासी सिस्टमबाटै अन्त्य गर्न लागिपरेको उनले बताइन्। ‘अब कर्मचारीलाई गाली गरेर मात्र होइन सिस्टमबाट नै यसलाई च्यालेञ्ज गर्नुपर्छ भनेर हामी डिजिटल प्रविधिमा हाम्रा सेवालाई ढाल्न लागेका हौ’,मन्त्री अर्यालले भनिन्। 

डिजिटल सेवाको सुरुआत कलकीं नापीबाट गरिएको भन्दैे यसले राजश्वमा हुने चुहावट बन्द गर्ने, सुशासन कायम गर्ने,  र जनताले सहजरूपमा सेवा प्राप्त गर्ने बताइन्। अबको एक वर्षमा देशैभरका मालपोत र नापी कार्यालयलाई डिजिटल प्रणालीमा लगिने उनले बताइन्।

 

प्रकाशित: २९ चैत्र २०७५ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App