७ वैशाख २०८१ शुक्रबार
राजनीति

जग्गा हिनामिनामा मेरो संलग्नता छैन, कानूनबमोजिम खरिद गरेको हुँः महासचिव पौडेल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको जग्गा हिनामिना गर्न आफ्नो संलग्नता नरहेका दाबी गरेका छन्। 

जग्गा हिनामिनाबारे बुधबारको नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि पौडेलले विज्ञप्ति जारी गर्दै बालुवाटारस्थित सरकारी सम्पत्ति हिनामिना गर्न आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन्। उनले आफूले कानून बमोजिम नै जग्गा खरिद गरेको दाबी समेत गरेका छन्।

२०६१ पुस २९ गते प्रचलित कानूनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरीदबिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी राजश्व लिई रजिष्ट्रेशन पास गरिदिएको उनको दाबी छ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेकपा महासचिव पौडेल पनि संलग्न भएको भन्दै नागरिक दैनिकमा आज समाचार प्रकाशित भएको थियो। समाचारमा महासचिव पौडेलले भूमाफियामार्फत ललितनिवास परिसरमा ८ आना जग्गा खरिद गरेको उल्लेख छ। 

याे पनि पढ्नुस्ः

ललितानिवास जग्गा हिनामिना : ठूलाबडाकै संलग्नता

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 100%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App