१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पूरा भएनन् मन्त्रीका बाचा, सडक अझै उस्तै

खलंगा–रिम्ना सडकअन्तर्गत भेरी नगरपालिका १ रिम्ना नजिकैको साँघुरो सडकमा गाडी बिग्रेर खलंगा जान रोकिएका यात्रु। तस्बिर– जनक केसी

जाजरकोट - वन तथा वातावरण मन्त्री तथा संघीय संसद्मा जाजरकोटबाट निर्वाचित सांसद शक्तिबहादुर बस्नेतले डेढ वर्षअघि चुनावी  प्रचारका क्रममा गाउँगाउँमा पुगेर भनेका थिए– ‘चुनाव जितेको एक वर्षभित्र खलंगादेखि रिम्ना, खलंगादेखि पाँचकटिया र छेडादेखि थलहसम्मका तीन वटा सडक कालोपत्रे गर्छु।’

गत वर्षको मंसिर २० गते  संघीय संसद्को निर्वाचनमा विजयी भइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् जिल्ला अदालत जाजरकोटको प्रांगणमा पत्रकारसँग फेरि त्यही कुरा दोहो-याएका थिए बस्नेतले। 

१ वर्षभित्रै सडक कालोपत्रे हुन्छ त? भन्ने पत्रकारको प्रश्नको उत्तर दिँदै पटकपटक सोही कुरा दोहो-याएका थिए। 

बस्नेतले चुनाव जितेको एक महिना कम डेढ वर्ष भयो। संघीय सरकारको मन्त्री भएको १३ महिना बित्यो। तर उनका बाचा थालिने सुरसार छैन। बजेट र कार्यक्रम नभएको भन्दै सरोकारवाला निकायले ती सडकमा कालोपत्र काम नभएको बताउँदै आएका छन्। 

सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन इन्जिनियर नरेन्द्र भट्टले भने, ‘खलंगा रिम्ना र  खलंगा पाँच कटियाका लागि तत्काल  कालोपत्रे गर्ने कुनै बजेट र योजना छैन।’

खलंगा, रिम्ना हुँदै रुकुम चिसापानीसम्म २८ किलोमिटर सडक कालोपत्रेको प्रस्ताव अर्थ मन्त्रालयमा पेस भएको तर स्वीकृत हुने÷नहुने टुंगो नभएको भट्टले बताए। डिभिजन इन्जिनियर भट्टले  खलंगा पाँचकटिया सडकका लागि ह्युमपाइप राख्न, वाल लगाउन र  ग्राभेल गर्न दुई करोड रकम रहेको तर कालोपत्रेको कुनै योजना नभएको  जानकारी दिए। 

उनका अनुसार छेडादेखि थलहसम्मको सडक कालोपत्रे गर्न एक करोड बजेट छुटिएकोले सो बजेटले थलहसम्म कालोपत्रे गर्न नसिकने जानकारी दिए। 

प्रकाशित: २५ चैत्र २०७५ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App