९ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

‘मिडिया सिध्याउने खेलमा सरकार’

काठमाडौं –नेपाल मिडिया सोसाइटीले सरकारका प्रेसविरोधी कदमले मिडिया बन्द नहुने जनाएको छ। सोसाइटीले सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणमा लगाएको प्रतिबन्धबाट मिडिया बन्द नहुने जनाएको हो। ‘मिडिया विश्वास र आस्थाको पुँजी हो। सरकारको प्रेसविरोधी कदमले हाम्रा मिडिया बन्द हुनेछैनन्। त्यो दुस्वप्ना नदेखे हुन्छ,’ सोसाइटीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

मिडिया विश्वास र आस्थाको पुँजी हो। सरकारको प्रेसविरोधी कदमले हाम्रा मिडिया बन्द हुनेछैनन्। त्यो दुस्वप्ना नदेखे हुन्छ ।
–नेपाल मिडिया सोसाइटी

सोसाइटीले प्रेसविरोधी, प्रेसलाई नियन्त्रण गर्ने कुनै पनि प्रकारका आदेश र निर्देशन तत्काल सच्याउन सरकारलाई आग्रह गरेको छ। ‘समृद्ध नेपाल सुखी नेपाली’ महाअभियानबाट नेपाली मिडियालाई विमुख बनाएर देशलाई अराजकता र भिडन्तको अवस्थामा लैजानबाट तत्काल रोकियोस्,’ विज्ञप्तिमा उल्लेख छ। सोसाइटीले स्वतन्त्रताका लागि १४ वर्ष जेल बसेका प्रधानमन्त्रीको विश्वास डगमगाउन थालेको हो भनी प्रश्न गरेको छ। सोसाइटीले प्रधानमन्त्री केपी शमौ ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू गर्ने भनी सुनाएको विषय कहाँ पुग्यो भन्ने प्रश्न पनि सोसाइटीले गरेको छ। प्रधानमन्त्री ओलीले सरकारको एकवर्षे कार्यकालको समीक्षा गरिरहँदा नेपालका मिडिया भने निराश बन्न पुगेको विज्ञप्तिमा जनाइएको छ।

प्रधानमन्त्रीका आश्वासनलाई धैर्यपूर्वक एक वर्ष कुरेको भन्दै सोसाइटीले सञ्चार मन्त्रालयले मूलप्रवाहका मिडिया समाप्त पार्ने कसम खाएजसरी घेराबन्दीबाट आफ्नो अभियान सुरु गरेको र अनेक षड्यन्त्र, निर्देशन र आदेश सार्वजनिक गरेको सोसाइटीको आरोप छ।

प्रकाशित: २२ चैत्र २०७५ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App