१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जीर्ण सडक मर्मत गरिँदै

खोटाङ – पिच उक्किएर जीर्ण बनेको जयराम–हलेसी सडकको च्यास्मीटारदेखि हलेसीसम्मको सडकखण्ड मर्मतको तयारी थालिएको छ। ८–९ वर्षअघि गरिएको ओटासिल पिच उक्किएर खाल्डै खाल्डा भएपछि जयराम–हलेसी (३० किलोमिटर) सडकको च्यास्मीटार–दुर्छिम–हलेसी खण्ड मर्मतको तयारी गरिएको हो।

मध्यपहाडी लोकमार्ग अन्तर्गत जयराम–हलेसी सडकको प्रहरीचौकी च्यास्मीटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको जीर्ण खण्ड मर्मतका लागि चैत ८ गते टेण्डर आव्हान भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलोपल्ट २०६७ सालमा गरेको पहिलो ओटासिल कालोपत्रे उक्किएपछि सबैभन्दा बढि त्रि–धार्मिकस्थल हलेसी आउने जाने पर्यटक तथा दर्शनार्थी मारमा परेका थिए। ठाउँ–ठाउँमा खाल्डाखुल्डी हुँदा च्यास्मीटार–हलेसी सडक जोखिमपूर्ण भएपछि मर्मतका लागि सडक बिभागका महानिर्देशक र हलेसी तुवाचुङ नगरपालिकाबीचमा गत फागुन ३० गते सहमती भएको थियो।

कालोपत्रे उक्किदा सवारी साधन हिँड्नै मुस्किल पर्नेगरी खाल्डाखुल्डी बनेको सडक मर्मतका लागि पुष्पलाल मध्यपहाडी सडक आयोजनाले टेण्डर आव्हान गरेको हो। सो सडक खण्डमा सवारी साधन चलाउने चालक छिन–छिनमा भेटिने खाल्डा–खुल्डी छल्दै सवारी साधन चलाउन बाध्य भएको खबर गत माघमा नागरिक दैनिकमा प्रकाशित गरिएको थियो। 

 

प्रकाशित: १६ चैत्र २०७५ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App