१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुक्तिनाथ विकास बैंकका दुई शाखा थपिए

काठमाडौं– मुक्तिनाथ विकास बैंकले कञ्चनपुर जिल्लाको महेन्द्रनगर र सुर्खेत जिल्लाको विरेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले र वीरेन्द्रनगर शाखा सोही नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल (भण्डारी) ले उद्घाटन गरेको कम्पनीले जनाएको छ। 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारी, समाजसेवीको सहभागिता रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ चैत्र २०७५ ०५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App