१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जलेश्वर नगरपालिकामा तालाबन्दी

गौशाला-महोत्तरी जिल्लाको सदरमुकामस्थित जलेश्वर नगरपालिकामा आइतबार राजनीतिक दलको एक समूहले तालाबन्दी गरेको छ ।

जलेश्वर नगरपालिकाले एक महिनाअघि बर्खास्त गरेका इन्जिनियर पवनकुमार झा २०-२५ जनाको समूहमा नगरपालिकामा आई कर्मचारीलाई गाली बेइज्जती गर्दै जबर्जस्ती हाजिर गर्न खोज्दा सोको विरोध गर्दै समूहले तालाबन्दी गरेको हो ।

बर्खास्त भएका इन्जिनियसँगै आएका सबैमाथि कडा कारबाहीको माग गर्दै विभिन्न दलका प्रतिनिधिले नगरपालिकामा तालाबन्दी गरेका छन् ।

आइतबार बिहान कार्यालय खुल्नेबित्तिकै गरिएको तालाबन्दी बर्खास्त इन्जिनियरसहित सो कार्यालयमा अमर्यादित क्रियाकलाप गर्ने सम्पूर्ण व्यक्तिमाथि कारबाही नहुन्जेल यथावत् रहने राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । बर्खास्त गरिएका झाले भने आफू बर्खास्त नभएको र नियमपूर्वक मन्त्रालयले दिएको पत्रका आधारमा आफू हाजिर भएको जिकिर गरे । रासस

प्रकाशित: ३० आश्विन २०७३ १०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App