१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स विशेष बचत खाता सुरु

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ सार्वजनिक गरेको छ ।बैंकको मुख्य कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रममा ‘सिटिजन्स विशेष बचत खाता’ योजना सार्वजनिक गरेको हो । यस योजनामार्फत ग्राहकले आकर्षक ब्याजका साथ बिमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सय रुपैयाँमा खोल्न मिल्ने सिटिजन्स विशेष बचत खाता कर्मचारीको तलब खाताका लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । दैनिक मौज्दातमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गरिने यस योजनाबाट ग्राहकले आकर्षक ब्याज प्राप्त गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बिमाको लाभ समेत प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

सिटिजन्स विशेष बचत खातामा निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क अन्तरशाखा कारोबार, निःशुल्क आस्बा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङ सुविधा (मोबाइल), अनलाइन कारोबार गर्न सुरक्षित थ्रिडी सेक्युर प्रविधिमा निःशुल्क दर्ता, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट, स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, लगायत अन्य सेवामा ५० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । 

बैंक इन्टरनेसनल लिमिटेडले ८१ शाखा, ७५ एटिएम र ९९ शाखारहित बैंकिङ एकाइबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।  

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App