१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउने

बुटवल– प्रदेश ५ सरकारले लुुम्बिनी भ्रमण वर्ष २०७६ विशेष कार्यक्रम गरी मनाउने भएको छ। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो। प्रदेश सरकारले यसका लागि १९ अर्ब ४ करोड १९ लाख रुपैयाँ छुट्याने भएको छ। 

मन्त्रिपरिषद्ले त्यसका लागि बजेटसमेत व्यवस्था गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक तथा पूर्वाधार मन्त्री वैजनाथ चौधरीले जानकारी दिए। 

बैठकले मुुख्यमन्त्री ग्रामीण विकाश कार्यक्रममा कपिलवस्तुको यशोधरा गाउँपालिकालाई समेत समेट्ने निर्णय गरेको छ।बैठकले भूमिहीन किसानका लागि करार खेती अनुदान कार्यविधि पारित गर्दै सो निर्णय गरेको मन्त्री चौधरीले जानकारी दिए। बैठकले प्रदेश ५ प्रदेश सेवाका कर्मचारी व्यवस्थापन कार्यविधि पनि पारित गरेको छ।

 

प्रकाशित: २२ फाल्गुन २०७५ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App