१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमतीको हत्या आरोपमा नायक पक्राउ

बैतडी- मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् । विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

कमलाको माइती पक्षले आत्महत्या नभई श्रीमानले कुटपिट गरी हत्या गरेको भनेर उजुरी दिएपछि प्रहरीले विजयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले राससलाई जानकारी दिनुभयो । कमलाको शवपरीक्षणपछि दाहसंस्कार गरिसकिएको बताइएको छ । 

कमलाले आत्महत्या गरेको हो वा श्रीमान्ले हत्या गरेको हो भन्नेबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

 

प्रकाशित: २३ आश्विन २०७३ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App