१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

काठमाडौंसहित देशभरको माैसममा उतरचढाव

काठमाडौं - पछिल्लो एक साता देखि राजधानी काठमाडौंसहित देशभरको माैसमा उतरचढाव देखिएको छ।

प्रशान्त महासागरको पानी औसतभन्दा बढी चिसिनुका साथै पश्चिमी वायु नेपाल भित्रिइरहेका कारण यसले छिन छिनमा मौसम बदलिएको हो । जसका कारण वर्षा बढी भएको छ भने हिमपात पनि बढेको जलतथा मौषम विभागले जनाएको छ। 

विभागका अनुसार गत वर्षभन्दा यो वर्षको हिउँदे वर्षामा पनि बदलाव आएको छ। माैसमविद्का अनुसार पश्चिमी वायुको प्रभाव अझै रहने भएकाले राजधानी काठमाडौ सहित देशभर यसको प्रभाव पर्ने छ।

विभागले आगामी मंगलबारसम्म राजधानी काठमाडौंसहित देशभरको मौसममा सामान्य बदली रहने छ भने मेघ गर्जन सहितको हल्का बर्षाको सम्भावना छ। देशका उच्च हिमाली भुभागहरूमा हिमपातको सम्भावना रहेको माैसम विभागले अनुमान गरेकाे छ।  

प्रकाशित: १९ फाल्गुन २०७५ १६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App