१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फेसबुक र ट्वीटर बन्द गरिएकाे छैन : मन्त्रालय

काठमाडौं - सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आइतबार एक विज्ञप्ति जारी गरी मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता भ्रामक सूचना फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी टिप्पणीसमेत गरिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

“मन्त्रालय र यस अन्तर्गतबाट कुनै पनि सामाजिक सञ्जाल बन्द गर्नेसम्बन्धी सूचना प्रकाशित नभएको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानुनी कारबाही गर्न प्रक्रिया सुरु भइसकेको तथा सामाजिक सञ्जाल सञ्चालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरिसकिएको छ” विज्ञप्तिमा भनिएको छ।

त्यस प्रकारको गलत र भ्रामक सूचना आआफ्नो सामाजिक सञ्जाल खाताबाट पोष्ट, रिपोष्ट, लाइक गरेको भए हटाउन र नगर्नसमेत मन्त्रालयले सम्बन्धित सबैलाई अपिलसमेत गरेको छ। 

प्रकाशित: १९ फाल्गुन २०७५ १५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App