१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बारा दुर्घटनाका चालक कुर्मी पुर्पक्षका लागि थुनामा

बारा - बारा जिल्ला अदालतले सोमबार जिल्ला प्रशासन कार्यालय बाराका चालक जगतनारायण कुर्मीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। इजलास नम्बर २ का न्यायाधीश प्रकाशचन्द्र अधिकारीको एकल इजलाले कुर्मीलाई थुनामा राखेर मुद्दाको कारवाही अघि बढाउन आदेश दिएको अदालतका स्रेस्तेदार कौशल ज्ञवालीले नागरिक न्युजलाई जानकारी दिए।

जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा २ बमोजिम कुर्मीलाई कारवाही गर्न पाऊँ भनी अभियोग पत्र अदालतमा दायर भएको उनले बताए। दायर अभियोग पत्रमा कुर्मीलाई ३ देखि १० वर्ष कैद र ३० हजारदेखि एक लाखसम्म जरिवाना हुने व्यवस्था रहेको ज्ञवालीले बताए।

मुद्दाको फैसला नभएसम्म चालक कुर्मीलाई थुनामा बस्नुपर्ने आदेश भएको पनि उनले बताए। जिल्ला प्रशासन कार्यालय बाराका गाडी चालक जगतनारायण राउत कुर्मीले चलाएको गाडी माघ १२ गते शनिबार राति दुर्घटनामा परेको थियो। ना१झ १६३३ नम्बरको गाडी अनियन्त्रित भई राजमार्गमै रोकी राखेको ढुंगा लोड गरेको ट्रलीमा गएर ठोक्किँदा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परी सशस्त्र प्रहरी १२ नम्बर बलका एसपी बलराम पोखरेलको घटनास्थलमा नै मृत्यु भएको थियो भने बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ।

 

प्रकाशित: १३ फाल्गुन २०७५ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App