१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डोल्पाका दुई सामुदायिक वनमा भीषण आगलागी

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका दुई सामुदायिक वनमा भीषण आगलागी भएको छ। त्रिपुरासुन्दरी नगरपालिका ६ मा पर्ने कैलाशी र ५ मा पर्ने लेखठेरी सामुदायिक वनमा लागेको आगलागीबाट वन क्षेत्रमा रहेका सल्लाका सयौं रूख जलेर नष्ट भएका छन्। शुक्रबार साँझबाट लागेको आगो नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय खदांगले जनाएको छ।

शुक्रबार लेखठेरी सामुदायिक वनमा लागेको आगो कैलाशी वन क्षेत्रमा पनि सल्किएको हो। बिहान ११ इलाका प्रहरी कार्यालय खदांगका सुरक्षाकर्मी, जाजरकोट डोल्पा सडक निर्माण कार्यदल खदांगस्थित सेनाको नलसिंह दल र हरियापानी बहुउद्देश्यीय सहकारीका सदस्य आगलागी नियन्त्रणमा खटिएका थिए। 

हावाहुरी र बतास लागिरहेकाले आगलागी नियन्त्रणमा कठिनाइ भइरहेको छ। आगो कसले र किन लगाएको भन्ने खुलेको छैन। यद्यपि ग्वाला गएका बालबालिकाले आगोलाई खेलौना बनाएपछि सल्किएको हुन सक्ने अनुमान गरिएको छ। आगलागीबाट कैलाशी र लेखठेरी वन क्षेत्रका रूख जलेर नष्ट भएका छन्। 

प्रकाशित: ११ फाल्गुन २०७५ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App