१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘पार्टी एकता भाड्ने षड्यन्त्र सफल हुन दिन्नाैं’

तस्बिर : दिलबहादुर/नागरिक

धनगढी - नेकपाका शिर्षनेताहरुले पार्टी एकता टुंग्याउने कुरामा ढिलाई भएको स्विकार गर्दै यसलाई केही दिन भित्रै टुङ्ग्याइने बताएका छन्। सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजित प्रदेश स्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा नेताहरुले पार्टी एकता एक डेढ साता भित्रै टुंग्याउने बताएका हुन्।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकता भाड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै पनी हालतमा पार्टी नटुट्ने बताएका छन्। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्ने र एकता टुट्ने भनेर प्रतिक्रियावादीले हल्ला फिजाएको बताए।‘धेरैले दुईटा शेर एउटै जंगलमा बस्न सक्तैन भनेका थिए’ उनले भने, ‘दुईटा शेर एउटै जंगलमा कसरी बस्न सक्छन भनेर हामीले देखाइदिएका छौं।’ कम्युनिष्ट पार्टी फुट्दाको नोक्सानी देखिसकेकाले कुनै हालतमा पार्टी नफुट्ने उनको भनाई छ।‘पार्टी कुनै हाललतमा फुट्दैन र पार्टी एकता टुट्दैन’ उनले भने, ‘अवको ४ वर्षपछि दुई तिहाईको सरकार आउन कसैले रोक्न सक्तैन।’ सरकारले धेरै राम्रा काम गरेपनि गलत हल्ला फिजाएर भ्रम फैलाउने काम भइरहेकोमा उनले आपत्ती जनाए।

यस्तै नेकपाका अर्का अध्यक्ष दाहालले पार्टी एकता चाँडै सक्नुपर्नेमा जोड दिए। ‘पार्टी एकतालाई टुंगो लगाउन ढिलो गर्नु हुँदैन र केही दिनमै टुंग्याउनुपर्छ भनेर हामी लागीरहेका छौं’, उनले भने। प्रतिक्रियावादीले यो पनि भएन, उ पनि भएन भनेर प्रचार गरेर सरकारलाई समेत असफल बनाउने प्रयास गरिरहेको उनको आरोप छ। पार्टी एकता र बलियो सरकारकै कारण दुई छिमेकी देशसँगको सन्तुलित सम्बन्ध राख्न सरकार सफल भएको उनको दाबी छ। देश विकास गर्ने यो अवसरलाई गुमाएमा राष्ट्र र कम्युनिष्ट आन्दोलनकै लागी यो क्षण दुर्भाग्यपूर्ण हुने उनले बताए।

यस्तै नेकपाका वरिष्ठ नेता माधव नेपालले जनप्रतिनिधिहरुलाई कान खोलेर जनताका कुृरा सुन्न आग्रह गरे ।‘सत्ताको उन्मादमा पुग्नु हुँदैन’ उनले भने, ‘जनताको आलोचना र सुझाव सुन्नुहोस्।’ नेपालमा नक्कली लगानीकर्ता आउने र उनीहरुले काम नगर्ने समस्याका कारण जलविद्युतका कतिपय ठुला योजना बन्न नसकेको उनले बताए। नेपालमै १ लाख मेगावाट विद्युत उत्पादन हुन सक्ने उनको भनाई छ।

यसैगरी नेकपाका महासचिव बिष्णु पौडेलले धेरै गृहकार्य भइसकेकाले एक डेढ सातामै पार्टी एकता टुङ्गिने बताए।कार्यकर्ता भेलामा सुदुरपश्चिमका ९ वटै जिल्लाका कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो । 

 

प्रकाशित: ८ फाल्गुन २०७५ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App