१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मिक्सरले थिच्दा ठेकेदारको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुमा ढलानमा प्रयोग गरिने मिक्सरले थिचेर ठेकेदारको मृत्यु भएको छ। सोमबार सोलुदूधकुण्ड नगरपालिका ७ स्थित गार्मा माध्यमिक विद्यालयको निर्माणाधिन ४ कोठे भवनको ढलान सकेर मिक्सर गाडीमा लोड गर्ने क्रममा पल्टेर थिच्दा धनकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको छ। मृतक श्रेष्ठका परिवारले विद्यालय व्यवस्थापन समितिसँग १० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App