१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

धनगढीलाई जितका लागि ९६ रनको सामान्य लक्ष्य

काठमाडौं – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको  मंगलबारको पहिलो खेलमा सिवाइसी अत्तरीयाले धनगढी स्टार्सलाई जितका लागि ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ।

कैलालीको फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिवाइसी अत्तरीयाले ५ विकेटको क्षतिमा पुरै २० ओभर खेल्दै  ९५ रन बनाएको हो। सिवाइसी अत्तरीयाका लागि सन्नी पटेल २८ बल खेल्दै  ३५ रन बनाएर अविजित रहे। जयकिसन कोल्सावालाले २६ बलमा खेल्दै २१ रन बनाए। त्यस्तै प्रेम तमाङ १२, दिपेन्द्रसिंह ऐरी ११, बिपिन कार्की ३, सुबेन्दु पाण्डे ३, सन्दीप जोराले २ रन बनाए।

धनगढी स्टार्सका लागि रोहन मुस्तफाले २, सोमपाल कामी, अमिर हयात, बिपिन खत्रीले समान एक–एक विकेट लिए। ध्नगढी स्टार्स जवाफी ब्याटिङ गरिरहेको छ।

प्रकाशित: २९ माघ २०७५ ०४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App