८ वैशाख २०८१ शनिबार
समाज

खोपके विरुद्ध बजगाईको मुद्दा

काठमाण्डौं– खोज पत्रकारीता केन्द्र (खोपके) विरुद्ध गलत समाचार दिएको भन्दै गाली बेइज्जती मुद्दा दर्ता भएको छ्। गोरखा इन्काउन्टर्सका संचालक राजेन्द्र बजगाईले शुक्रबार ललितपुर जिल्ला अदालतमा यस्तो मुद्दा दर्ता गरेका हुन्।

खोपकेले माघ ३ गते विदेशमा भएको नेपालीको लगानी सम्वन्धि समाचार प्रकाशन गरेको थियो। नेपालिक्स नाम दिइएको उक्त खोज समाचारमा गोरखा इनकाउनटर्सका वजगाईले समेत ट्याक्स हेवन देशवाट नेपालमा लगानी भित्राएको उल्लेख थियो।

समाचारमा सन् २००४ मा लण्डनमा गोरखा इन्काउन्टर्स लिमिटेड र सन् २०१० मा एफ एन बी पब्लीसिंग लिमिटेड कम्पनीमा लगानी गरेको उल्लेख छ। गोरखा इन्काउन्टर्सलाई पछि नाम परिवर्तन गरी दि हिमालयन एडभेन्चर लिमिटेड बनाएको थियो। उक्त कम्पनीहरुमा आफ्नो कुनै लगानी नभएको संचालक वजगाईले दावि गरेका छन्।

प्रकाशित: १८ माघ २०७५ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App