२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लाखौँको अवैध सुनसहित ५ जना पक्राउ

काठमाडाैँ - लाखौँको अवैध सुनसहित ५ जना परेका छन्। पक्राउ पर्नेमा धनुषाका सफिउल राइन र खाेटाङका राजन रार्इसहित ५ जना रहेका छन्। बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारहरुलाई प्रयोग गरी तस्कारहरुले सुन तस्करी गरिरहेको गोप्य सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार  त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहना ल्याएपछि चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्।

महानगरीय प्रहरी परिसर र  वृत्त गौशालाको प्रहरी टोलीले.विमानस्थल गेट बाहिर सडक बाटोमा उनीहरूलार्इ पक्राउ गरेको हो। उनीहरुको साथबाट २ सय ५० ग्रामका सुन वाला फेला परेको हो। उक्त सुनको बजार मुल्य दश लाखभन्दा बढी रहेको छ।

 

प्रकाशित: १८ माघ २०७५ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App