२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धादिङमा पहिरोले पुरिएर दुई जना बेपत्ता

धादिङ– उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङमा पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन्। लगातारको हिमपातपछि पहिरो जाँदा आइतबार बिहान सम्पर्क विहिन बनेका हुन्। बेपत्ताहरुको स्थानीय र प्रहरीले खोजी गरिरहेका छन्। बेपत्ता हुनेहरुमा १८ वर्षीय धनबहादुर तामाङ र ४५ वर्षीय नुर्बु तामाङ रहेको धादिङका प्रहरी नायव उपरीक्षक श्यामकुमार महत्तोले बताए। पहिरो दुई सय ६० वटा भेडाबाख्रा पुरिएको पनि महत्तोले जानकारी दिए। 

रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट ५ घण्टाको पैदल दुरीमा प्रहरी हिन्दुङ पुगेका छन्। ठूलाठूला ढुङगा र चट्टानका कारण पहिरो पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए। ‘स्थानीय र प्रहरीले मात्रै पहिरो पन्छाउन सक्ने अवस्था छैन’, प्रजिअ पाण्डेले भने, ‘उद्धारका लागि सरकारलाई अनुरोध गरेका छौं।’ घटनापछि जिल्लामा सुरक्षा समितिको बैठक बसी औजारसहित नेपाली सेना पठाउन गृहमन्त्रालयलाई पत्राचार गरिएको छ। 
लगातार परेको हिमपातका कारण उत्तरी धादिङको जनजीवन प्रभावित बनेको छ। हिमपातबाट बच्नका लागि भेडिगोठ सारी ओडारमा बसेको अवस्थामा पहिरो आई पुरिएको प्रहरीले जानकारी दिएको छ। ओडारमा लुकेका बेला ओडारमा पहिरो गई पुरिएको आशंका गरिएको छ। शुक्रबारदेखि नै परेको हिमपातका कारण गोठ पुरेपछि गोठालाहरु नजिकैको ओडारमा बस्न पुगेका थिए। 
पहिरोमा पुरिएर बेपत्ता भएको खबर आएपछि सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रतिनिधिसभा सांसद जगत सिंम्खडा, पूर्व गृहमन्त्री बुद्धिमान तामाङको टोली हेलिकप्टर मार्फत घटनास्थलमा पुगेका थिए। 

प्रकाशित: १३ माघ २०७५ १५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App