अपहृत बालिकाको सात घन्टापछि उद्धार

शनिबार, १२ माघ २०७५, ०७ : ४३ टपेन्द्र कार्की

काठमाडौं - काठमाडौंको कोटेश्वरबाट अपहृत दुई वर्षीय बालिकाको सात घन्टापछि सकुशल उद्धार गरिएको छ। सामान्य लेनदेन विवादमा थापाथलीस्थित प्रसूतिगृहकी डाक्टर बबिता साहकी दुई वर्षीया छोरी शुक्रबार बिहान अपहरणमा परेकी थिइन्।

अपहरणपछि लत्तगै महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाले खोजतलास थालेको थियो। आफन्तसँग फिरौती मागेको थाहा पाएपछि सोहीमुताबिक पैसा दिएर भए पनि परिसरको टोली बालिकाको सकुशल उद्धार गर्न सफल भएको हो। अपहरणकारी मनीष गुप्ताले डाक्टर परिवारसँग लेनदेन गरेको र सो परिवारले केही पैसासमेत दिनु रहेको अवस्थामा छोरीलाई अपहरण गरेको थियो। अपहरणपछि सो परिवारले उनकी श्रीमतीलाई जनपुरमा आइएमईमार्फत एक लाख ५० हजार रुपैयाँ पठाइदिएको थियो। सो रकम गुप्ताकी पत्नीले बुझेपछि बालिकालाई गौशालास्थित एक होटलमा छाडेर गुप्ता फरार भएका थिए। त्यही होटलबाट परिसरको टोलीले बालिकालाई उद्धार गरेको हो।

परिसर प्रमुख एसएसपी वसन्त लामाले बालिकालाई सकुशल उद्धार गरी स्वास्थ्य जाँच गराएर आफन्तको जिम्मा लगाएको बताए। ‘बालिकाको सकुशल उद्धार गरी स्वास्थ्य जाँचपछि आफन्तको जिम्मा लगाएका छौं। उनीहरूबीच लेनदेन भएको पनि बुझिएको छ,’ उनले भने, ‘यसबारे अनुसन्धान हुँदै छ। अपरहणकारी फरार भए पनि पहिचान भइसकेकाले उनी छिटै पक्राउ पर्छन्।’ उनका अनुसार शुक्रबार बिहान कोटेश्वरको खरिबोटस्थित साहकै घरबाट बालिका अपहरणमा परेकी थिइन्। गुप्ताले घरमा कोही नभएको मौका छोपी दुई वर्षीया सदिज्ञा साहलाई अपहरण गरेका हुन्। ‘अपहरणकारीले बालिका नियन्त्रणमा लिएपछि फिरौती माग गरेको रहेछ। त्यसपछि केही रकम परिवारका सदस्यहरूले बुझाएको जस्तो लागेको छ,’ एसएसपी लामाले भने, ‘उनीहरूबीच केही लेनदेनसम्बन्धी विवाद पनि रहेछ।’

बालिकाको उद्धार गर्ने क्रममा प्रहरीले काठमाडौका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरेको थियो। प्रहरीका अनुसार बिहान साढे ८ बजे बालिकाको अपहरण गरेपछि अपहरणकारीले २ लाख ५० हजार रुपैयाँ फिरौती मागेका थिए। फिरौती रकम मागेसँगै प्रहरीमा पुगेको साह परिवारले प्रहरीको सल्लाहअनुसार नै रकम जनकपुर पठाइदिएको थियो। जनकपुरमा सो रकम अपहरणकारी गुप्ताकी पत्नीले लिएपछि बालिकालाई छाडिएको थियो। जनकपुरवासी रहेका अपहरणकारी गुप्ता शुक्रबार बिहान मात्र जनकपुरबाट काठमाडौ आइपुगेको प्रहरी स्रोतले जनाएको छ।

जनकपुरमै हुँदा डा. बबिताका पति र मनीषबीच लेनदेन भएको पनि प्रहरीको दाबी छ। ‘बबिताका पतिले मलेसिया पठाइदिन्छु भन्दै मनीषसँग पैसा लिएका रहेछन् तर कति पैसा लिएको हो भन्ने यकिन छैन,’ प्रहरी स्रोतले भन्यो। फिरौती रकम बुझेपछि परिवारसँग सम्पर्क भएको मोबाइल नम्बर अफ भएको थियो। मोबाइल लोकेसनका आधारमा नै प्रहरीले गौशाला क्षेत्रबाट बालिकाको उद्धार गरेको थियो। प्रहरीले गुप्ताको खोजी गरिरहेको जनाएको छ। काठमाडौं परिसरले जनकपुरमा अर्चना गुप्ता र बाबु श्रेष्ठलाई पक्राउ गरिसकेको जनाएको छ। धनुषा संवाददाता सुरेश यादवले प्रहरीलाई उद्धृत गर्दै दिएका जानकारीअनुसार अर्चना अपहरणकारी मनीषकी पत्नी हुन्।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad