१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसदलाई डा. केसीको भावुक पत्र : समय र सत्ता फेरिँदा मुद्दा फेर्नेको बहकाउमा जनप्रतिनिधिमुलक संस्था लाग्ने छैन

फाइल तस्बिर

काठमाडाैं - डा. गोविन्द केसीले जनप्रतिनिधिमुलक संस्थाले समय र सत्ता फेरिंदा मुद्दा पनि फेर्नेहरुको बहकाउमा लागेर निर्णय नगर्ने विश्वास व्यक्त गरेका छन्।

संसदमार्फत पारितका लागि पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारले १५ औं अनसनका क्रममा गरेको सहमती अनुरुप नभएको भन्दै उनले सांसदलाई पत्रमार्फत आम जनताका पक्षमा उभिन आह्वान गरेका हुन्। उनले पत्रमा भनेका छन् 'नेपाल सरकारले गरेको सम्झौता अनुरुपको विधेयक संसदमा पेश हुन्छ भन्ने मेरो आशा थियो तर त्यस अनुरुप हुन सकेन, जुन दुखद छ।

डा. केसीले संसदीय समितिबाट पारित भएको अवस्थामा विधेयक पारित भयो भने त्यसले  चिकित्साशिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अपूरो हुने बताएका छन्। 'यतिबेला मैले जनताका प्रनितिधिलाई विशेष आग्रह गर्नुपर्ने कारण भनेको संसदीय समितिबाट पारित भएको अवस्थामा विधेयक पारित भयो भने, चिकित्साशिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अपूरो नै रहनेछ। मलाई आशा छ, समय र सत्ता फेरिंदा मुद्दा पनि फेर्नेहरूको बहकाउ र भ्रममा परेर जनप्रतिनिधीमुलक संस्थाले निर्णय गर्ने छैन।' उनले पत्रमा भनेका छन्।

आफु दुर्गममा समेत मेडिकल कलेज खुल्नुपर्छ भनेर लडिरहेको बताउँदै उनले पत्र लेखिरहँदा १५ औं अनशनमा सुभाषचन्द्र नेम्वाङ र विष्णु पौडेलको समुपस्थितिमा नेपाल सरकारको तर्फवाट गरेको सम्झौता, प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर गरेको २ घण्टा लामो संवाद र दिएको विश्वास, सत्तापक्षबाट देव गुरुङले सम्झौता बमोजिम राखेको संसोधन प्रस्तावलाई अक्षरस सम्झिरहेको उल्लेख गरे। 'संसदीय समितिले गरेको त्रुटीलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन विवेकसम्मत निर्णय गर्नुहुनेछ।', उनले सांसदलाई लेखेको पत्रमा उल्लेख छ।

 

प्रकाशित: १० माघ २०७५ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App