१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

छातीमा समस्या देखिएपछि नायिका शर्मा अस्पताल भर्ना

काठमाडाैं - नायिका ऋचा शर्मा नर्भिक अस्पताल भर्ना भएकी छन्। छातीमा समस्या देखिएपछि शर्मा विहिबार अस्पताल भर्ना भएकी हुन्। डाक्टरको सल्लाह बमोजिम आफु अस्पताल भर्ना भएको उनले बताइन्।

यसैबीच नायिका शर्माले आफुलाई हृदयघात नभएको बताएकी छिन्। सामाजिक सञ्जालहरुमा नायिका शर्मालाई हृदयघात भएको भन्ने खबर फैलिएपछि उनले नागरिकसँग कुरा गर्दै त्यसको खण्डन गरिन्। उनले आफ्नो छातीमा सामान्य दुखाई मात्रै भएको बताइन्। नायिका शर्माले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आउन थालेको र शुक्रबार डिस्चार्ज हुने बताइन्।

 

प्रकाशित: ३ माघ २०७५ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App