१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

भारतीय राष्ट्रपति मुखर्जी कात्तिकमा नेपाल अाउने

भारतीय राष्ट्रपति प्रणव मुखर्जी

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्ने भएका छन्।

‘भारतीय राष्ट्रपतिको नेपाल भ्रमण मिति तय भएको छ’, परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले नागरिकन्युजसँग भने, ‘उहाँले कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्नु हुने भएको छ।’

गृहमन्त्री विमलेन्द्र निधिले भारत भ्रमणको अवसरमा राष्ट्रपति भण्डारीको निमन्त्रणा पत्र भारतीय राष्ट्रपति मुखर्जीलाई हस्तान्तणर गरेका थिए।

यसअघि नेपालका राष्ट्रपति भण्डारीको भारत भ्रमण गत वैशाखमा रद्द भएको थियो। ओली सरकारको भारतीय संस्थापनसँग सम्बन्ध चिसिँदै गएपछि राष्ट्रपतिको भारत भ्रमण रद्द हुन पुगेको थियो। त्यस लगत्तै ओलीले प्रधानमन्त्री पद त्याग गरेका थिए।  पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुवै देशका राष्ट्रपतिको भ्रमण गराउन पहल गर्दै आएको छ।

दक्षिणी छिमेकी पाहुना आउने मिति तय भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निमन्त्रणा दिएका चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल आगमन भने अनिश्चित छ।

 

प्रकाशित: १७ आश्विन २०७३ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App