१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजेट तथा स्रोत समिति गठन

प्रदेश ३ को नीति तथा योजना आयोगको बैठकमा अध्यक्ष एवं मुख्यमन्त्री डोरमणि पौडेल लगायत। तस्बिर : अशोकसुजन श्रेष्ठ/नागरिक

मकवानपुर - प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगले प्रदेशको बजेट तथा स्रोत समिति गठन गरेको छ। आयोगका अध्यक्ष एवं मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको अध्यक्षतामा समिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका बजेट योजना कार्यक्रम महाशाखाका प्रमुखलाई चयन गरिएको छ। त्यस्तै समिति सदस्यमा प्रदेश नीति तथा योजना आयोगका सदस्य, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंक प्रदेश कार्यालयका प्रमुख, प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई राखिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. देवकोटाले बताए।

आयोगको सोमबारै आयोगका उपाध्यक्ष देवकोटाको अध्यक्षतामा बसेको बैठकले आवधिक योजना तर्जुमा समिति पनि गठन गरेको छ। प्रदेशको आवधिक योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रुप दिन आवधिक योजना तर्जुमा समिति गठन गरिएको उनले बताए। समितिमा आयोगका सदस्य, मुख्यमन्त्रीको कार्यालय र सबै मन्त्रालयका सचिव सदस्य रहने तथा सदस्य सचिवमा आयोगका सचिव रहने आयोगका शाखा अधिकृत चिरञ्जीवि पौडेलले जानकारी दिए। 
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, प्रदेशका प्रमुख सचिव आन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव रमेश शिवाकोटी लगायत सहभागी थिए।

प्रकाशित: १ माघ २०७५ ०६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App