‘सरकारको दम्भ बढ्यो’

बिहिबार, २६ पुष २०७५, १३ : ३४ नरहरि सापकोटा

गोरखा - नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले डा. गोविन्द केसीका माग पूरा नगरी सरकारले दुई तिहाई बहुमतको आडमा दम्भ देखाएको आरोप लगाएका छन्। उनले केपी ओली नेतृत्वको सरकारले नै गत साउन १० गते डा. केसीसँग गरेको सम्झौता विपरित प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतकै आडमा पारित गरेर सरकारले दम्भ देखाएको आरोप लगाएका हुन्।

‘डा. केसीको १५ औं सत्याग्रहका क्रममा ओली सरकारले गरेको सम्झौता अनुरुप विधेयक पारित नगरेर सरकार आफ्नै निर्णयबाट पछि हटेर दुई तिहाइको दम्भमा उक्त चिकित्सा शिक्षा विधेयक पारित गरेको हो।’ उनले भने, ‘सरकारले न्यायलय, सुरक्षा निकाय, प्रशासन सबै ठाउँमा बहुमतको दबदबा बनाएको छ।’ 

नेपाल प्रेस युनियन गोरखा शाखाले बिहीवार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पाण्डेले ओली सरकारमाथि उक्त आरोप लगाएका हुन् । उनले सत्तापक्षका सांसद पनि सरकारका काम कारवाहीले सन्तुष्ट नभएको जिकिर समेत गरे।

उनले भने ‘केपी ओलीले पूरा कार्यकाल सरकार चलाउने छाँटकाँट देखिँदैन।’ सरकारले गर्नुपर्ने काम, नागरिकको आवश्यक्ता र चाहना अनुसार सन्तोषजनक नभएको बताउँदै उनले आवश्यक कानुन ल्याउन नसक्दा संसदलाई बिजनेस दिन सरकार असफल भएको टिप्पणी समेत गरे। उनले भने,‘हामी संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको उक्त चिकित्सा शिक्षा विधेयकको समर्थनमा छैनौँ, सम्झौता एउटा गर्ने विधेयक अर्को ल्याएर बहुमतको दम्भ प्रष्ट देखिएको छ।’ 

 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad