१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कामदार जापान पठाउँदा छनौट प्रक्रिया पारदर्शी बनाउन मन्त्री विष्टकाे आग्रह

काठमाडाैं - श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली  कामदार जापान पठाउँदा भर्ना तथा छनौट प्रक्रियालाई पारदर्शी तथा भरपर्दो बनाउन आग्रह गरेका छन्।

सोमबार जापानका राजदुत मासामिची साइगोसँगको भेटवार्ताका क्रममा मन्त्री विष्टले कामदारको योग्यता, क्षमता, सीप र दक्षताको आधारमा छनौट प्रक्रिया प्रतिष्पर्धात्मक र पारदर्शी बनाउनु पर्नेमा जोड दिएका हुन्। नेपाली कामदारलाई समेत जापान लैजान जापान सरकारको निर्णयको स्वागत गर्दै मन्त्री विष्टले नेपाली कामदार जापान जाँदा बिचौलीयाको ठगीमा नपरुन् भन्ने विषयमा सरकार सजग रहेको बताए।

भेटका क्रममा जापानका राजदुत मासामिचीले नेपाली श्रमिकलाई पारदर्शी र प्रतिष्पर्धात्मक तरीकाले जापान पठाउने विषयमा जापान सरकार सकरात्मक रहेको बताए। उनले चाँडै यस विषयमा छलफलका लागि जापानबाट एक प्राविधिक समूह नेपाल आउने र नोपली प्राविधिक समूहसँग छलफल गरी दुवै देशको हित अनुकुल हुने गरी कामदार पठाइने बताए।

 

प्रकाशित: २३ पुस २०७५ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App