२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्री अधिकारीले भने, ‘मैले दोस्रो र तेस्रो किस्ता नदिएको ९ अर्ब जोखिममा पर्थ्यो’

तस्बिर : दिनेश लुइँटेल

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिद अनियमितता प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। 

सोमवार विहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई टाट पल्टिने अवस्थाबाट जोगाउन आफूले दोस्रो र तेस्रो किस्तान तिरेको बताए। ‘मैले दोस्रो र तेस्रो किस्ता नदिएको निगमको ९ अर्ब जोखिममा पथ्र्यो’, अधिकारीले भने। 

उनले वाइड बडी खरिदमा निगमद्वारा आह्वान गरिएको बोलपत्रमा कानुनी त्रुटी नभएको दाबी गर्दै कानुन र वैधानिक रुपमा भुक्तानी गरिएको स्पष्ट पारे।

मन्त्री अधिकारीले वाइड बडीमा खरिदमा भएको अनियमितताको छानविनमा सघाउने प्रतिबद्धता समेत जनाए। ‘अनुसन्धान गर्न अख्तियार प्राप्त निकायलाई सहयोग मैले पूर्ण रुपमा सहयोग गर्छु’, उनले भने, ‘दोषी उम्कन पाउनु हुँदैन र निदोर्ष फस्नु हुँदैन, दोषी जोसुकै भएपनि कानुनी कारवाही हुनुपर्छ।’  

मन्त्री अधिकारीले आफूले संसदीय समितिको भूमिकालाई सम्मान गर्ने भन्दै खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको दोहो-याए।

प्रकाशित: २३ पुस २०७५ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App